काठमाडौं । रहस्यमय ढंगले बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटना अनुसन्धानको माग गर्दै ४० दिनदेखि जारी धर्ना स्थगित गरिएको छ । सरकारसँग मंगलबार भएको चारबुँदे सहमतिलगत्तै आन्दोलनरत पक्षले अनशन तोड्दै धर्ना स्थगित गरेको हो । सहमतिअनुसार घटनाको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले गर्नेछ । आन्दोलनरत पक्ष र सरकारबीच निर्मला कुर्मीको अपहरण तथा शरीर […]