एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ २४, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी ग्रोथ फण्डले इकाई वितरणको लागि भदौ २७ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म शेयर कमायम गर्नुपर्ने भएको हो ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई कर सहित ३०/३० प्रतिशतका दरले नगद लाभांश वितरण प्रस्ताव निर्णय गरेका छन् ।

सम्बन्धित सामग्री

दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक २२, काठमाडौं । दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम आज (सोमवार) अन्तिम दिन रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंगलवार (कात्तिक २३ गते) बुक क्लोज गर्दैछन् । नेप्सेमा आज अर्थात् सोमवार कारोबार भइ कायम शेयरधनीहरुले दुवै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १० गते आफ्नो प्रधान कार्यालय, राज भवन, तीनकुनेमा ११औं वार्षिक साधारण सभा बोलाएको छ । सभा राज भवन तीनकुने, काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्स माध्यमबाट हुने जानकारी गराएको हो । सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न चौथो वार्षिक साधारण सभा मंसिर ५ बोलाएको छ । कम्पनीले धरान व्याकेट, धरान–१३, सुनसरीमा उक्त साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ दशमलव ४१ प्रतिशत अर्थात ९ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

एनआईसीको २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले संचालन गरेको सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ २४ गते अन्तिम दिन रहेको छ । लाभांश बितरणको लागि क्यापिटलले  भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २४ गतेसम्म कायम इकाईधनीले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश पाउँन सक्ने छन्। क्यापिटलले यस अघि नै एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरिसकेको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई २५ करोड ५ लाख ६० हजार र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीलाई २२ करोड ६५ लाख रुपैयाँ बराबरको प्रतिफल बितरण गर्ने छ  । क्यापिटलले संचालन गरेको अर्को योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुले भने १० प्रतिशतका दरले प्रतिफल पाउने छन् । यसको बुक क्लोज भने यस अघि नै भईसकेको छ ।