१२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद रञ्जुकुमारी झाले संसदमा नागरिकता विधेयक ल्याउन माग गरेकी छन् । आइतबार संसदमा बोल्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु ल्याउन माग गरेकी हुन् । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिंदै […]
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ । प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र […]
निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरूले भने सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिन
सांसदबाट पदमुक्त भएका जनता समाजवादी पार्टी(जसपा)का तीन सांसदको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश दिएको छ । लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका विजय बहादुर यादव, सन्तोष कुमार...
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुरपक्षले १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति कार्यालयलाई आज पत्र पठाएको छ। जसपाको संसदीय दलका नेता राजेन्द्र महतोले प्रक्रिया पुर्याएर कारवाही गर्ने भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका हुन्। जसपाका उपेन्द्र यादवपक्षले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन गर्दै हस्ताक्षर गरेका थिए।
काठमाडौं। राष्ट्रपतिले बहुमतीय सरकार गठन लागि आह्वान गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई १३६ जना सांसदको समर्थन जुटाउन मुस्किल पर्ने देखिएको छ। अहिलेको अवस्थामा यो गठबन्धनमा १२४ जना सांसद छन्। जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको समर्थन वा एमालेको माधव नेपाल पक्षको राजीनामा नआए बहुमत पुग्ने अवस्था छैन। जसपा अध्यक्ष ठाकुरले सरकार बनाउने खेलमा नलाग्ने विज्ञप्ति जारी गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनको योजना संकटमा परेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले बजेटमा सबै निर्वाचन क्षेत्रलाई समानुपातिक ढंगले बजेटको विनियोजन गर्न अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिएका छन् ।
पहुँचवाला सांसदको निर्वाचन क्षेत्रमा बजेट खन्याउने विगतको परम्परा उल्ट्याउन सांसदहरूले सुझाव दिए ।
अर्थ मन्त्रालयमा बुधवार बजेट बारेको छलफलमा जसपा सांसदहरूले तराईका जिल्लामा सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्ने, हुलाकी राजमार्गको बाँकी काम पूरा गर्ने तथा किसानलाई बिउ मलमा सहुलियत गर्ने कुरा बजेटमा ल्याउन सुझाव दिए ।
‘मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र...