जनता समाजवादी पार्टी (जसपा)का युवा सांसदले मधेश मुद्दामा दायाँबायाँ नहुन नेतृत्वलाई सचेत गराएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा भएको १३ सांसदको भेलाले मधेशको मुद्दाबाट दायाँबायाँ नहुन र सत्ता स्वार्थका लागि पार्टी विभाजन नगर्न नेतृत्वलाई सचेत गराउने निर्णय गरेको सांसद प्रमोद साहले लोकान्तरलाई जानकारी दिए ।
सत्ता समीकरणमा निर्णायक देखिएको जसपा अनिर्णित बन्दा वर्तमान सरकारको भविष्य तथा भावी सत्ता समीकरण दुवै विषय अन्योलमा छ ।
वर्तमान प्रधानमन्त्रीलाई साथ दिने कि नयाँ सत्ता समीकरण बनाउने भन्ने विषयमा राजपामा स्प...