१२ सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतिलाई जसपा महन्थपक्षको पत्र

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुरपक्षले १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति कार्यालयलाई आज पत्र पठाएको छ। जसपाको संसदीय दलका नेता राजेन्द्र महतोले प्रक्रिया पुर्‍याएर कारवाही गर्ने भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका हुन्। जसपाका उपेन्द्र यादवपक्षले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन गर्दै हस्ताक्षर गरेका थिए।

सम्बन्धित सामग्री

१६९ सांसदको समर्थनसहित प्रचण्डले बुझाए राष्ट्रपतिलाई दाबी

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदत्रय प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साहको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका छन् ।

जसपा विवादः यादव पक्षको यी ५ प्रस्ताव, ठाकुर पक्षको असहमति

काठमाडौं। उपेन्द्र यादव पक्षका नेता महेन्द्रराय यादवले महन्थ ठाकुर पक्षीय नेताहरुले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुनसक्ने बताएका छन्। पार्टीमा चैत्र ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुनसक्ने यादवको भनाई थियो।

दर्जन सांसदलाई मान्यता नदिन राष्ट्रपतिलाई महन्थको पत्र

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् । पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेका उनीहरूमाथि कारबाही प्रक्रिया चलेको र पार्टीले आधिकारिक रूपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन […]