के आणविक युद्ध अवश्यंभावी हो ?

रुसको युक्रेनमाथिको आक्रमण र पश्चिमविरुद्धको आणविक हतियार प्रदर्शनले आणविक हतियारको बहसलाई पुनर्जीवित गरेको छ । गतवर्ष यस्ता हतियारमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघीय सन्धि ल्याउँदा त्यसको पक्षमा हस्ताक्षर गर्ने ८६ राष्ट्रमा आणविक हतियारले...

सम्बन्धित सामग्री

आणविक युद्ध रोक्न चिनियाँ राष्ट्रपति सीको विश्व नेतासँग आह्वान

चीनका राष्ट्रपति सी जिनपिङले विश्व नेतासँग युरेसियामा (युरोप र एसिया) आणविक हतियारको प्रयोग रोक्न आह्वान गरेका छन् । शुक्रबार बेइजिङमा जर्मन चान्सलर ओलाफ शोल्जसँग भेटपछि राष्ट्रपति सी जिनपिङले उक्त टिप्पणी गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।‘अन्तर्राष्ट्रिय समुदायले आणविक हतियारको प्रयोग वा प्रयोगको धम्कीको संयुक्त रूपमा विरोध गर्नुपर्छ । साथै युरेसिया क्षेत्रमा आणविक संकट रोक्नको लागि आणविक हतियार प्रयोग नगर्न र आणविक युद्धविरूद्ध वकालत गर्नुपर्छ,’ सीले भने ।यु

अमेरिकी राष्ट्रपतिले भने 'विश्वमा आणविक ‘युद्ध’ हुने जोखिम बढ्यो'

अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको बताएका छन् । उनले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका हुन् ।“सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र सङ्कटपछि हामीले ‘आणविक युद्ध’को सम्भावनाको सामना गरेका छैनौं,” पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई उद्धृत गर्दै बाइडेनले न्युयोर्कमा आयोजित डेमोक्र््याटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा भने । पुटिनले युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिंदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडेनले बताएका छन् ।राष्ट्रपति पुटिनको आणविक धम्कीका कारण सिर्जित जोखिमबारे बोल्दै र ६० वर्षअघि सोभियत सङ्घले क्युबामा क्षेप्यास्त्र तैनाथ गरेपछि उत्पन्न आणविक गतिरोधलाई सङ्केत गर्दै उनले भने, “क्युबाको क्षेप्यास्त्र सङ्कटपछि पहिलो पटक आणविक हतियारको प्रयोगबाट हामीलाई प्रत्यक्ष खतरा छ ।”बाइडेनले भने , “हामी पुटिनको युद्ध अन्त्य रणनीतिबारे पत्ता लगाउने प्रयास गरिरहेका छौं ।पुटिनले युक्रेनी भूमि कब्जा गर्ने प्रयासमा विकल्पहरू समाप्त भएको महसुस गरेमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । विज्ञहरूका अनुसार यी आक्रमणहरू तुलनात्मक रूपमा साना र रणनीतिक आक्रमणहरू हुनेछन् । तर बाइडनले सीमित क्षेत्रमा हुने यस्ता आक्रमणले अझै व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् ।बाइडेनले भने , “हामीले राम्रोसँग चिनेका छौं । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।”

आणविक युद्धले यी ५ देशलाई असर नगर्ने, खानाको अभावमा पनि बाँच्नेछन् मानिस

रुस र अमेरिकाबीच आणविक युद्ध भएमा विश्वभर करिब ५ अर्ब मानिसको मृत्यु हुने एक नयाँ अनुसन्धानले जनाएको छ । मानिसहरूको मृत्युको सबैभन्दा ठूलो कारण खानाको अभाव भनिएको छ । आणविक हमलाका कारण खाद्यान्न उत्पादनमा सबैभन्दा बढी असर पर्ने वैज्ञानिकहरुको विश्वास छ । रुटगर्स युनिभर्सिटीका शोधकर्ताहरूले आणविक हमलापछि चिसो बढ्न सक्ने तथ्यको विश्लेषण गरेका छन्, जसका […]

रुस र अमेरिकाबीच आणविक युद्ध भए आधा मानव नष्ट हुने : शोधकर्ता

रुस र युक्रेनबीचको युद्ध तत्काल समाप्त हुने देखिँदैन । यदि रुस र युक्रेनबीच पूर्ण मात्रामा आणविक युद्ध भयो भने विश्वमा ५ अर्ब मानिसको मृत्यु हुने नयाँ अध्ययनले देखाएको छ । विश्वमा परमाणु युद्धको जोखिम लगातार बढ्दै गएको छ । यसैबीच, एक नयाँ अध्ययनले विश्वलाई डरलाग्दो चेतावनी दिएको छ। तर, यी सबै मानिस बमको प्रत्यक्ष प्रभावबाट […]

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपू

तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ : रुसी विदेश मन्त्री

रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताउनुभएको छ ।  आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वय...

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...

आणविक युद्ध अन्त्य गर्ने पाँच शक्तिाशाली देशको प्रतिबद्धता

पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।रुसी प्रशासन क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार प्रतिबद्ध जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचासमेत गरेका छन् ।सुरक्षित वातावरण सृजना गर्न सबै देशहरुसँग काम गर्न चाहेको बताएका छन् । ‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी

युरोपमा आणविक युद्ध सुरु हुन सक्ने रूसको चेतावनी

मस्को : रूसले युक्रेनलाई लिएर अमेरिकासँग चलिरहेको विवादबाट आणविक युद्ध हुन सक्ने चेतावनी दिएको छ।रूसले अमेरिकालाई क्युबामा गरे जस्तो गल्ती नगर्न पनि चेतावनी दिएको छ।हाल भारी हतियारसहित १ लाखभन्दा बढी रूसी सैनिक युक्रेनसँगको सीमामा तैनाथ छन्। युक्रेनी सीमामा रूसी सैनिक जम्मा गरेकोमा अमेरिकी नेतृत्वको नेटोले कडा प्रतिक्रिया दिएको छ।यति मात्र होइन, केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रूसलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।रूसी उपविदेशमन्त्री सर्गेई रयाबकोभले अमेरिकालाई सन्