'लिमिटेड न्युक्लीयर एक्सचेन्ज'को चर्चा : अमेरिका-रुस तनाव आणविक युद्धसम्म पुग्ला ?

युक्रेनको विषयमा रुस र पश्चिमबीच तनाव बढिरहँदा परम्परागत युद्ध मात्र नभई आणविक युद्ध समेत हुने आशंका व्यक्त गरिएको छ । रुस आणविक हतियारसम्पन्न मुलुक भएकाले पश्चिमले यस्तो आशंका गरेको हो ।  पश्चिमले रुसमाथि आणविक हतियार प्रयोगको शंका गरिरहेको बेलामा अमेरिकाका रिपब्लिकन सिनेटर रोजर विकरलेरुसमाथि आणविक आक्रमण समेतको विकल्पलाई अमेरिकाले बेवास्ता गर्न नहुने गत साता बताए । सिनेट आर्म्ड सर्भिसेस कमिटीका दोस्रा सबभन्दा प्रभावशाली सदस्य विकरले अमेरिकी सैनिकहरूलाई रुसका छिमेकी मुलुकहरूको जमीनमा उतार्ने काम अनि आणविक कारव...