आणविक युद्ध रोक्न चिनियाँ राष्ट्रपति सीको विश्व नेतासँग आह्वान

चीनका राष्ट्रपति सी जिनपिङले विश्व नेतासँग युरेसियामा (युरोप र एसिया) आणविक हतियारको प्रयोग रोक्न आह्वान गरेका छन् । शुक्रबार बेइजिङमा जर्मन चान्सलर ओलाफ शोल्जसँग भेटपछि राष्ट्रपति सी जिनपिङले उक्त टिप्पणी गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।‘अन्तर्राष्ट्रिय समुदायले आणविक हतियारको प्रयोग वा प्रयोगको धम्कीको संयुक्त रूपमा विरोध गर्नुपर्छ । साथै युरेसिया क्षेत्रमा आणविक संकट रोक्नको लागि आणविक हतियार प्रयोग नगर्न र आणविक युद्धविरूद्ध वकालत गर्नुपर्छ,’ सीले भने ।यु