न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामाको प्रमुख मागसहित जारी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च बारसँग मंगलबार भएको छलफलमा उनीहरुले बारको आन्दोलनमा आफूहरुको पूर्ण ऐक्यबद्धता रहेको बताएका हुन् । यस्तै आफूहरुले बेन्च बहिस्कारसहितका कार्यक्रम गरेर प्रधानन्यायाधीशलाई राजीनामा गर्न दवाव दिइरहेको भन्दै न्यायाधीशहरूले जनताको समस्यामा भने गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । अदालतमा सेवाग्राहीले सेवा पाउन नसकेको प्रति गम्भीर बन्नुपर्नेमा भन्दै उ