जुम्ला – सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयकमा तोक लगाएर अगाडि बढेको सचिवालयले जनाएको छ । यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरे पनि पारित नभएको विधेयक संघीय संरकारले अगाडि बढाएको हो ।
शुक्रवार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । सिंजा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गइसकेको र अन्य प्रक्रियाका लागि काम शुरु हुने भएको छ । कर्णाली प्र...