सिंजा सभ्यताको मस्यौदामाथि सुझाव सङ्कलन

‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव सङ्कलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथि सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ, कर्मचारी, युवा, अधिकारवादी तथा पत्रकारबाट सुझाव लिइएको छ । उक्त छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा मस्यौदाको अवधारणा एवं परिकल्पनाबारे कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले प्रस्तुत गरे । सभ्यताको उद्गमस्थल सिंजा हुँदा पनि नहुँदाको जस्तो पीडा कर्णालीले भोगिरहनुपरेको यथार्थता उजागर गर्दै उनले सिंजाको ...