संवैधानिक राज्य व्यवस्था र संघीय संरचनाअनुसार व्यावसायिक फर्म अब प्रदेशमै दर्ता हुने भएका छन् । वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै वाणिज्य प्रशासनसम्बन्धी कार्यजिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट एवं हस्तान्तरण गर्न लागिएको हो ।
मन्त्रिपरिषद्ले कार्ययोजना पुस १७ गते स्वीकृत गरेको थियो । त्यसका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकार प्रत्यायोजन गर्न लागेको हो ।
कानुन तर्जुमा भइसकेको वाग्मती प्रदेशभित्रका निकासी पैठारी व्यापारबाहे...