युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने भएका छन् । त्यसका लागि संगीत रोयल्टी संकलन समाज नेपालले छिट्टै सम्झौता गर्ने भएको हो ।
नेपाली गीतहरू प्रयोग हुने सबै अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मसँग कुराकानी गरिरहेको संगीत रोयल्टी संकलन समाज नेपाल महासचिव बी पाण्डेले बताए ।
‘सबै डिजिटल माध्यमसँग कुरा अगाडि बढिरहेको छ । सबैसँग कुरा अगाडि...