रौतहट : आफूले कवाडीको काम गरेर हुर्काएका छोराले सरकारी सेवामा जागिर खाएपछि रौतहटको एक परिवारमा हर्ष छाएको छ।रौतहटको मौलापुर नगरपालिका वडा नं– ७ पिपरिया निवासी जमिरी रामको दुईवटा छोराले सरकारी जागिर खाएपछि उनको परिवारमा खुसी छाएको हो।जमिरी रामका एक त तराई मधेशमा दलित समुदायका हुन्। कवाडी काम गरेर आफ्ना दुई छोराले सरकारी सेवामा जागिर पाएपछि अहिले गाँउमा जमिरी रामकै चर्चा छ। आफूले कवाड बटुलेर आफ्ना दुई छोरालाई पढाइ लेखाई गराएका उनी अहिले दलित समुदायको लागि एउटा उदाहरणका पात्र बन्न पुगेका