मधेश प्रदेश : हत्या अभियुक्त सांसद यादवलाई अदालत लग्ने तयारी

जनकपुरधाम । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमवार राजविराज नगरपालिका ७ बाट पक्राउ पक्राउ गरेको थियो । उनलाई हिजै अदालत लगियो । तर अदालतमा समय अभावका कारण उनलाई प्रहरीले हिरासतमा राखेको छ । […]

सम्बन्धित सामग्री

देश आर्थिक संकटमा छ: प्रदेश सांसद यादव

मधेश प्रदेश सांसद जितेन्द्र यादव सुनिलले देश आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन्।

मधेश प्रदेश : माओवादी केन्द्र संसदीय दलको नेतामा दोहोरिए साह

जनकपुरधाम : मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा भरतप्रसाद साह चयन भएका छन्। उनी यसअघिको प्रदेशसभामा पनि माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेता थिए।दलको नेताका लागि शुक्रबार भएको निर्वाचनमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्रीसमेत रहेका साहले ६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।माओवादी संसदीय दलको नेतामा दावेदारी प्रस्तुत गरेका युवराजप्रसाद भट्टराईले ३ मत पाए। मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९ जना सांसद छन्।

मधेश प्रदेश माओवादी संसदीय दलको नेतामा साह

जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएको छ । शुक्रबार जनकपुरधाममा भएको निर्वाचनबाट दलका नेतामा भरतप्रसाद साह चयन भएका हुन् । दलको नेताका लागि भरतप्रसाद साह र  युवराजप्रसाद भट्टराईले उम्मेदवारी दिएका

मधेश प्रदेश नेकपा एकीकृत समाजवादीको दलको नेतामा न्यौपाने

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएको छ । विहीबार मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न बसेको बैठकबाट दलको नेतामा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका छन्

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

जनकपुरधाम ‌:  नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोज कुमार यादव सर्वसम्मत चयन भएका छन्।जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो। उनी महोत्तरी क्षेत्र ४ (१) बाट निर्वाचित सांसद हुन्। गत मंसिर ४ को  निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ।

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा दुई पक्षबीच प्रतिस्पर्धा

काठमाडौं :  नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेद्वारी दर्ता भएको छ। दलको नेताको लागि प्रदेश सांसद संस्थापन पक्षका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए। मतदान आज दिउँसो ३ देखि ४ बजेसम्म पार्टी कार्यालय धनुषामा हुनेछ। दलको नेता चयनका लागि कांग्रेसका २२ जना प्रदेशसभा सदस्यले मतदान गर्दै छन्।  मत परिणाम आज नै सार्वजनिक हुने छ।&n

मधेश प्रदेश सभामा विपक्षी बिनाको बैठक, दुई विधेयक पारित

२६ असार, जनकपुरधाम । मधेश प्रदेश सभामा शनिबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरेको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए । विपक्षी सांसद बैठक बहिष्कार […]

लोसपाद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध

२० असार, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने […]

मधेश प्रदेश नामकरणमा प्रचण्डले दिए बधाई, आफ्नै पार्टीको एजेन्डाअनुसार भएको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको उल्लेख गरेका छन् । 'हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाक...

२ नम्बर प्रदेशको नाम ‘मधेश प्रदेश’ दुईतिहाइ बहुमतले स्वीकृत

प्रदेशसभा गठन भएको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ । प्रदेश सभाको सोमवार बसेको बैठकमा मधेश प्रदेश नाम राख्ने प्रस्तावलाई दुईतिहाइ मतले स्वीकृत गरेको छ । प्रदेश सभामा भएको मतदानपछि मतपरिणाम सुनाउँदै सभामुख सरोजकुमार यादवले मधेश प्रदेशको पक्षमा ८० जना सांसदले मतदान गरेको घोषणा गरे । कूल १०४ जना सांसद रहेकोमा उपस्थित भएका ९९ जना सांसदमध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गरेका हुन् । यसअघि स्थायी राजधानीका लागि ‘जनकपुरधाम’को प्रस्तावमा पनि ९९ ज...