प्रदेशसभा गठन भएको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ ।
प्रदेश सभाको सोमवार बसेको बैठकमा मधेश प्रदेश नाम राख्ने प्रस्तावलाई दुईतिहाइ मतले स्वीकृत गरेको छ ।
प्रदेश सभामा भएको मतदानपछि मतपरिणाम सुनाउँदै सभामुख सरोजकुमार यादवले मधेश प्रदेशको पक्षमा ८० जना सांसदले मतदान गरेको घोषणा गरे ।
कूल १०४ जना सांसद रहेकोमा उपस्थित भएका ९९ जना सांसदमध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गरेका हुन् ।
यसअघि स्थायी राजधानीका लागि ‘जनकपुरधाम’को प्रस्तावमा पनि ९९ ज...