कोरोनाभाइरस महमारीको आतंक भारतका गाउँगाउँमा फैलिएको छ ।
गाउँमा स्वास्थ्य केन्द्र त परको कुरा, होम आइसोलेसन पनि सम्भव छैन ।
तेलंगानामा एक युवकलाई कोरोना लागेपछि घरको आँगनमा रहेको रुखमा चढेर आइसोलेसनमा बसेका छन् । परिवारलाई संक्रमणबाट बचाउन उनी रुख चढेका हुन् ।
कोठानन्दीकोंडा गाउँका युवकलाई कोरोना लागेपछि चिकित्सकले होम आइसोलेसनमा बस्न भने । गरीबको घरमा जम्मा एउटा कोठा भएकाले संक्रमित युवक रुख चढेर आइसोलेसनमा बसे ।
एउटै कोठामा चारजनाको परिवार बस्ने गर्छ ।&nbs...