नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । थपिएको यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई–एमबी प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरू मार्फत वस्तु तथा सेवाको भुक्तानी […]