स्मार्टच्वाइस र स्माटकार्ड नेपालबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज र स्माटकार्ड नेपाल (माई पे वालेट) बीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्युआर सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् […]