स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा स्मार्टच्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरे । स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।