काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्मार्टकार्ड नेपालका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै माइ पे वालेट प्रयोगकर्ताले माइ पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन् । […]