व्यवसायीले पर्यटन पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । करिब ६ दशक लामो इतिहास बोकेको पर्यटनसँग सम्बद्ध ८ संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गर्दै कोभिड–१९ को महामारीले अत्यन्तै प्रभावित तथा शिथिल बनेको पर्यटन उद्योग पुनरुत्थानका कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।कोभिड–१९का कारण गत वर्षदेखि नै पर्यटनसँग सम्वद्ध सबै प्रकृतिका व्यापार–व्यवसाय बन्द छन् […]