११ वर्षपछि पुल निर्माण अन्तिम चरणमा

कैलाली । निर्माण शुरू भएको ११ वर्षपछि कैलालीको भजनी नगरपालिका–३ मा पर्ने कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने भएको छ । पुलको काममा ढिलाइ हुँदा भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीयवासी छन् । पुलको बीचको स्पानको ढलान भएपछि पुल बन्ने आशा जागेको भजनी नगरपालिकाका स्थानीय रुद्र चौधरीले बताए । ‘पुलको काम प्रत्येक वर्ष शुरू हुँदा यस वर्ष काम सकिन्छ भन्ने आशा जाग्थ्यो । बर्खा लागेपछि हालत उस्तै हुन्थ्यो,’ उनले भने, ‘अब काम सम्पन्न हुने देखिएको छ ।’ भजनी नगरपालिका–३ का अध्यक्ष विक्रम चौधरीले पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेपछि भजनीवासीको पुलबाट आवागमन गर्ने चाहना पूरा हुन लागेको बताए । ‘दुई स्पानको काम गतवर्ष नै सम्पन्न भएको थियो । बाँकी रहेको एक स्पानको ढलान भएको छ । एक दशकपछि बल्ल पुल बन्ने भयो,’ उनले भने । विशेषगरी बर्खाको समयमा भजनीका स्थानीयवासीलाई ओहोरदोहोर गर्न कान्द्रा नदीका कारण निकै समस्या थियो । डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका भजनीका स्थानीयले डुंगाको सहायता लिएबापत पैसा तिर्नुपर्थ्यो। नदी तरेको पैसा तिर्दै आएका आफूहरू पुल निर्माण भएपछि लाभान्वित हुने स्थानीय दीपक बोहराले बताए । ‘बर्खाको समयमा भजनीका अधिकांश बस्ती बाढी र डुबानमा हुन्छन् । त्यो समयमा गाउँमा कोही बिरामी पर्दा पनि अस्पतालसम्म पुर्‍याउन निकै कठिन हुन्छ । त्यसको कारण कान्द्रा नदी हो,’ उनले भने, ‘पुल बनेपछि समस्याको समाधान हुनेमा आशा छ ।’ १०० मिटर लामो सो पुलको ठेक्का सम्झौता २०६८ जेठ ३१ मा भएको थियो । शुरूको समय डिजाइन परिवर्तनका कारण निर्माणमा ढिलाइ भएको थियो । बिरुवा/लामा/शेर्पा साल्पा जेभीले पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि कैयौंपटक म्याद थप गर्दा पनि पूरा हुन सकेको थिएन । रू. तीन करोड ४५ लाख २० हजार लागतमा पुल निर्माणको ठेक्का लगाइएको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

आठ वर्षमा पनि सकिएन पुल निर्माण

म्याग्दी – मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन। पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ, टिटी, देउरालीका एक सय ५० भन्दा बढी घरधुरीका किसान खुसी भएका थिए। पुल बन्ने भनेर व्यावसायिक खेती थालेका यहाँका किसान अहिले […]

घारखोलामा पुल निर्माण

म्याग्दी, १७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए । “मोटरेबल […]

बागमतीमा ९५ पुल निर्माण

काठमाडौँ- बागमती सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण गरेको छ । यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन् । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो । विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट […]

पर्वतमा १४ झोलुङ्गे पुल निर्माण

नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन् ।झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ । पुलको व्यवस्थाले वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएको छ । पर्वतका चार पालिकामध्ये कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक  र पैँयू गाउँपालिकामा छवटा

३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

संखुवासभा : चालू आर्थिक वर्षमा सङ्खुवासभामा ३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। संखुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हाे।बेन्देकसुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए। झोलुङ्गे पुल निर्माण भएपछि मकालु –६ कै दुई गाउँ जो

भारतले महाकालीमा  पुल निर्माण गर्ने

भारत सरकारले सुदूरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रवक्ता एवं सूचना तथा...

भारतले महाकालीमा पुल निर्माण गर्ने

भारत सरकारले सुदुरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रबक्ता एवं सूचना...

रघुगंगा नदीमा पक्की पुल निर्माण

म्याग्दी- बेनी–जोमसोम सडक अन्तरगतम्याग्दीको गलेश्वरस्थित राघुगंगा नदीमाथि पक्की पुल निर्माण गरिएको छ । कालिगण्डकी करिडोर सडक आयोजनाले बेनीनगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरेको हो । ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिकोे पुल निर्माण भएपछि सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माण भए […]

दैनिक दुईवटा झोलुङ्गे पुल निर्माण

देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ।सरकारले चालू आर्थिक वर्षमा ७३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभर नौ हजार २०० झोलु्ङ्गे पुल निर्माण भइसकेका छन् । मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।निर्माण सम्पन्न

६२१ वटा झोलुङ्गे पुल निर्माण

काठमाडौं, भदौ १ । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ । गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । लामो तथा छोटो गरी ६२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष […]