राष्ट्रिय गौरवको हुलाकी राजमार्गको झापा सडक खण्डमा पुल निर्माण अलपत्र छ । झापादेखि दाङसम्म निर्माणधीन सडक खण्डमा विगत ८ वर्षदेखि निर्माण सुरु गरिएको पुल अलपत्र परेको हो ।
पुल नहुँदा बाह्रदशी र झापा गाउँपालिकाका स्थानीय वर्षौदेखि विरिङ नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाह्रदर्शी गाउँपालिका–२का रामप्रसाद पण्डित घर बनाउने सिमेन्टको पिलर निर्माण तथा बिक्री गर्छन् ।