यस्ता छन् धनुषामा उम्मेदवारसँग मतदाताका अपेक्षा

बलुवा खोलामा पुल निर्माण नहुँदा बर्सेनि वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीय एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ ।“आफ्नो गाउँदेखि पाँच किलोमिटरको दूरीमा रहेको धनुषाधाम बजारसम्म पुग्न ठूलो समस्या छ”, रामपुरकी श्यामाद

सम्बन्धित सामग्री

समृद्धि शृंखलाले मधेशको १० वर्षे विकासको मार्गचित्र तयार पार्दछ

मधेश समृद्धि शृंखलाको उद्देश्य के हो ? मधेश सम्भावनामा सबैभन्दा अगाडि भएर पनि त्यसको उपयोगमा पछाडि परेको प्रदेश हो । भूगोलमा सबैभन्दा सानो, तर यो प्रदेश जनशक्तिमा सबैभन्दा अगाडि छ । जनशक्ति यस्तो स्रोत हो, जो विकासको ऊर्जा हो । तर, मधेश वैदेशिक रोजगारीका लागि जनशक्ति निकासीमा मात्र अगाडि भयो, यसको उपयोग हुन सकेन । कृषिको सम्भावना त्यस्तै छ । यो क्षेत्रलाई खाद्यान्न उत्पादनको केन्द्र भनिन्छ । तर, खेत बाँझो राखेर युवाहरू विदेश पलायन भइरहेका छन् । देशको मध्यभाग र वैदेशिक व्यापारमा सहजताका कारण उद्योग व्यापारको पनि केन्द्र हो । यो प्रदेशमा उद्योग दर्ताको तथ्यांक हेर्ने हो भने निराशाजनक देखिन्छ । भौतिक र भौगोलिक रूपमा कम सम्भावना भएका क्षेत्रमा यहाँको तुलनामा बढी उद्योग देखिन्छन् । यो सम्भावना उपयोग हुन नसक्नुको परिणाम नै हो । जनकपुर, वीरगञ्ज क्षेत्र पर्यटकीय महत्त्वले पनि अगाडि छन् । यस्ता स्थानहरूको प्रभावकारी उपयोग हुन सकेको छैन । पर्यटकीय प्याकेज बनाउने र त्यसलाई प्रचारप्रसार गर्ने काम प्रभावकारी भएको छैन । कुल गार्हस्थ्य उत्पादनदेखि प्रतिव्यक्ति आयमा मधेश पछाडि छ भने गरीबीमा अगाडि छ । त्यसकारण मधेशका सम्भावनाहरूको अधिकतम उपयोगमार्फत मधेशलाई कसरी विकासका पथमा अगाडि बढाउन सकिन्छ भन्ने सोचले यो कार्यक्रम अगाडि बढाइएको हो ।  यसले विकासका अवसर उपयोगलाई कसरी सहयोग पुर्‍याउँछ ? हामीले यो शृंखलाअन्तर्गत धनुषामा पहिलो कार्यक्रम गर्‍यौं । मधेशका आठै जिल्लामा त्यहाँको निजीक्षेत्र, सार्वजनिक क्षेत्र र सरोकारका अन्य पक्षसँग ती जिल्लाको आर्थिक र सामाजिक अवस्था के कस्तो छ ? सम्भावना कस्ता छन् ? उपयोगमा समस्या छन् भने तिनको समाधान कसरी हुन सक्दछ भन्ने विषयमा गहन छलफल चलाउँछौं । छलफलका क्रममा आएका तथ्यहरूलाई सार्वजनिक गर्दै जान्छौं । र, त्यसको समग्र रूपमा ‘मधेश विकासको मार्गचित्र २०९०’ तयार गर्छौं । यो भनेको विसं २०९० सम्म अर्थात् अबको १० वर्षभित्र मधेशको विकास कस्तो हुनु पर्दछ र त्यसका लागि कुन कुन पक्षले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ भन्ने मार्गदर्शन हो । यसरी तयार पारिएको मार्गदर्शनबारे प्रदेश सरकारसँग समन्वय गरेर त्यसलाई विकास रणनीतिको आधारको रूपमा अघि बढाउने प्रयास गर्दछौं । यसबाट मधेशको समग्र विकासले अपेक्षित गति लिनेमा हामी विश्वस्त छौं ।  यो सोच कसरी आयो ? विगतमा म वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा ग्रेटर वीरगञ्जको अवधारणा ल्याएको थिएँ । आजको वीरगञ्ज महानगरको विकासले हामीले त्यतिबेला अघि सारेका तथ्य र सम्भावनाहरूलाई सम्बोधन गरिरहेको छ । अहिले म नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको अध्यक्ष भइसकेपछि मधेशको सापेक्ष र अपेक्षित विकास कसरी गर्न सकिएला भन्नेमा सोच केन्द्रित भयो । र, मधेशका आठै जिल्लाको विकासको वास्तविक अवस्था पत्ता लगाएर आवश्यकताका आधारमा एउटा ठोस अवधारणा बनाउने योजना बन्यो । यसलाई मधेशको समग्र विकासको प्रस्थानबिन्दु बनाउने उद्देश्य छ ।

मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ २२४ जना डमी उम्मेदवार

धनुषा - मंसिर ४ गते सम्पन्न चुनावमा मधेस प्रदेशमा प्रतिनिधि सभा सदस्यतर्फ २ सय २४ जना डमी उम्मेदवार रहेको देखिएको छ । मधेस प्रदेशका ८ वटै जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ डमी उम्मेदवारको सङ्ख्या २ सय २४ रहेको तथ्याङ्कमा देखिएको छ । ५० भन्दा कम मत ल्याउने उम्मेदवारलाई डमी उम्मेदवारको सूचीमा राखिएको छ। डमी उम्मेदवारहरु मध्येका यस्ता पनि छन् जसले आफ्नो मत आफैँ पनि हालेका छैनन् । मधेसमा प्रतिनिधि सभातर्फ ५ सय ९१ जनाले उम्मेदवारी दिएका थिए । धनुषामा ६६, महोत्तरीमा १७, सर्लाहीमा २३, सप्तरीमा १९, सिरहामा ३०, रौतहटमा...

महामारीमा पनि घटेन लैङ्गिक हिंसा

मुलुक कोरोना भाइरस सङ्क्रमणको जोमिखमा परिरहेका बेला पनि लैङ्गिक हिंसाका घटनाहरूमा कमी आउन सकेको छैन । हाल देशमा बढ्दो रूपमा रहेको कोरोना महामारीका बीच पनि यस्ता घटनाहरू सार्वजनिक भइरहेका सुनिएको छ । धनुषामा गत शुक्रबार सुशीलादेवी मण्डलले आफ्ना पति शम्भु मण्डलको हत्या गरिन् । धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीकीमा २७ वर्षीय सुशीलाले आफ्ना देवरसँग मिलेर पतिको …

'क्रसर डन'का सामु निरीह सरकार : मापदण्ड विपरीत सञ्चालनमा दर्जनौँ क्रसर

सुमित मिश्र- धनुषा : सञ्चालन भइरहेका अधिकांश क्रसर उद्योग लामो समयदेखि नवीकरण भएको छैन। कतिपय उद्योगले सरकारले तोकेको मापदण्डसमेत पुरा गरेका छैनन्। तर पनि तीनै तहका सरकारलाई चुनौती दिँदै क्रसर उद्योगहरु निर्वाध सञ्चालन भइरहेका छन् धनुषामा। नवीकरणविनै सञ्चालनमा रहेका यस्ता उद्योगलाई कारबाही गर्न भने नियमनकारी निकाय नै मौन देखिएको छ। धनुषाको चुरे