विदेशी राजदूत एवं कूटनीतिज्ञको ‘हाइकिङ’: पदयात्रा पर्यटनबारे विश्व पर्यटन बजारमा सन्देश पुग्ने आशा

विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा आएका विभिन्न ११ देशका राजदूतसहितका कूटनीतिज्ञ अघिल्लो सोमबार झन्डै चार घण्टा हाइकिङमा सहभागी बने । कास्की नौडाँडास्थित हिमालय देउरालीबाट हिमाली दृश्य नियाँल्दै खड्गाउँ कोट, कास्कीकोट देउराली हुँदै कश्यप तालसम्मको सो हाइकिङमा विदेशी कूटनीतिज्ञ निकै रमाएका देखिन्थे । उत्तरतर्फको हिमाललाई साक्षी राख्दै तस्बिर खिचाउँदाका दृश्य लोभ लाग्दो […]

सम्बन्धित सामग्री

विश्व पर्यटन परिषद्को कार्यशाला काठमाडौंमा

काठमाडौं । नेपालसहित ११ देशका पर्यटन क्षेत्रसँग सम्बन्धित पदाधिकारीको सहभागितामा काठमाडौंमा बुधवारदेखि तीनदिने कार्यशाला शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व पर्यटन संगठनले ‘वेटर डेटा फर वेटर टुरिजम इन साउथ एसिया एण्ड प्यासिफिक’ विषयक कार्यशाला आयोजना गरेका हुन् । कार्यशालाको उद्घाटन गर्दै पर्यटनमन्त्री सुदन किराँतीले कोरोना महामारीका कारण थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी आवश्यक भएको बताए । यो कार्यशालाले पर्यटनको विकास तथा विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी प्रवर्द्धनका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म पुग्न सघाउने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा संगठनका बाह्य सम्बन्ध निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनका आयाम परिवर्तन हुँदै गएको बताए । पर्यटकीय योजना तर्जुमादेखि प्रवर्द्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्यांक आवश्यक रहेको उनको भनाइ थियो । यस्तै स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै गर्दा विश्व पर्यटन लयमा फर्किन थालेको बताइन् । यस्तो बेला आयोजना भएको यो कार्यशालामा विज्ञहरूका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने उनले बताइन् । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयाममा हुने छलफल तथा पर्यटन तथ्यांकका विषयमा विभिन्न देशका अनुभव आदान–प्रदानले पर्यटनका लागि नयाँ दृष्टिकोण तयार पार्न सहयोग पुग्नेछ । कार्यशालामा पर्यटनका विविध पक्षमा कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यशाला चैत ३ गतेसम्म चल्नेछ । कार्यशालामा नेपाल, भारत, बंगलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत देशका प्रतिनिधि सहभागी छन् ।

समावेशी पर्यटन : किन र कसरी ?

विश्वलगायत हामीले  असोज ११ गते सदाजस्तै विश्व पर्यटन दिवस मनायौँ । पर्यटन विभाग, पर्यटन बोर्ड पोखरा शाखा र गण्डकी प्रदेश सरकारको आयोजनामा विभिन्न देशका राजदूत, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, कन्सुलेट्सहरुलाई पोखराको सेरोफेरोमा भ्रमण अवलोकन गराएर सराहनीय काम भएको छ । यसका लागि प्रदेश सकार, पर्यटन बोर्ड पोखरा धन्यवादका हकदार छन् ।विश्व पर्यटन संगठनले सन् २०२१ का लागि पर्यटन दिवसको नारा  ‘समावेशी सम्बृद्धिका लागि पर्यटन’ तय गरेको थियो । गत वर्षको नारा भने ग्रामीण विकासका

हाइकिङ र बोटिङमा रमाए ११ देशका राजदूत

पोखरा- कोभिड १९ ले थलिएको पोखरा क्षेत्रको पर्यटनलाई पुनःजागरुक पार्ने अभियान सुरु भएको छ । गण्डकी प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पोखरामा विश्व पर्यटन दिवसको अवसरमा ११ देशका राजदूतहरुलाई पोखरामा हाइकिङ, फेवातालमा वोटिङ गराउँदै पोखराका केही पर्यटकीय गन्तव्यहरुमा भ्रमण गरेका छन् ।विगत दुई वर्षदेखि ठप्प भएको पोखरा क्षेत्रको पर्यटन विश्व पर्यटन दिवसको अवसरमा सुरु […]

पोखराको सुन्दरतामा मन्त्रमुग्ध राजदूत

पोखरा । पोखराले एकै पटक ११ देशका राजदूत भित्राएर ४१ औं विश्व पर्यटन दिवस मनाएको छ । कोरोनाले थला परेको यहाँको पर्यटन माथि उकास्न प्रदेश सरकारको पहलमा एकै पटक नेपालस्थित ११ देशका राजदूत र अन्य कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि दिवसको पूर्वसन्ध्यामा आइतबार यहाँ आएका थिए । २५ सदस्यीय सो टोलीमा संलग्नले सोमबार पोखराको पदयात्रामा […] The post पोखराको सुन्दरतामा मन्त्रमुग्ध राजदूत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तस्विरमा पोखरामा रमाएका विदेशी राजदूत एवं कूटनीतिज्ञको 'हाइकिङ'

काठमाडौं : पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा कूटनीतिज्ञ सहभागी भएका छन्। गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका राजदूत एवम् कूटनीतिज्ञहरुले आज बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी भएका छन्। हाइकिङपश्चात् उनीहरुले दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र…

आज विश्व पर्यटन दिवसः पोखरामा एकै पटक ओर्लिए १० देशका राजदूत

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाईदै छ । यस वर्षको पर्यटन दिवसको नारा टुरिज्म फर इन्क्लुसिभ ग्रोथ रहेको छ । कोरोना संक्रमण घटेको मौका पारेर सरोकारवाला सरकारी निकाय र पर्यटनसंग सम्वद्ध विभिन्न संघ संस्थाले भौतिक रूपमै दिवस मनाउँदैछन् । पर्यटन मन्त्रालयका सचिव […]

विश्व पर्यटन दिवस : विभिन्न देशका राजदूत एकैपटक पोखरामा

गण्डकी । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख हिजो (आइतबार) पोखरा आएका छन् । उनीहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गरे। कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत […]

पर्यटन दिवस मनाउन ११ देशका राजदूत पोखरामा

४९औँ विश्व पर्यटन दिवस सोमबार मनाइँदै छ । प्रत्येक वर्ष २७ सेप्टेम्बरका दिन यो दिवस मनाइन्छ । यस वर्षको पर्यटन दिवस विशेष कार्यक्रम गरी पोखरामा मनाइँदै छ ।  पर्यटन दिवसलाई लक्षित...

११ देशका राजदूत पोखरामा

विभिन्न देशका राजदूत सहितका अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा ४९ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहितको टोलीलाई गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी, लगायतले स्वागत गरेका थिए । यूएई, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूतसहित कुटनीतिक नियोगका उच्च पदस्थ

१० देशका राजदूत पोखरामा

पोखरा, असोज १० । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आइतबार विभिन्न १० देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ सदस्यीय टोली एकै साथ ओर्लिएको हो । उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर […]