विभिन्न देशका राजदूत सहितका अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा ४९ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहितको टोलीलाई गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी, लगायतले स्वागत गरेका थिए । यूएई, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूतसहित कुटनीतिक नियोगका उच्च पदस्थ