विश्वलगायत हामीले असोज ११ गते सदाजस्तै विश्व पर्यटन दिवस मनायौँ । पर्यटन विभाग, पर्यटन बोर्ड पोखरा शाखा र गण्डकी प्रदेश सरकारको आयोजनामा विभिन्न देशका राजदूत, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, कन्सुलेट्सहरुलाई पोखराको सेरोफेरोमा भ्रमण अवलोकन गराएर सराहनीय काम भएको छ । यसका लागि प्रदेश सकार, पर्यटन बोर्ड पोखरा धन्यवादका हकदार छन् ।विश्व पर्यटन संगठनले सन् २०२१ का लागि पर्यटन दिवसको नारा ‘समावेशी सम्बृद्धिका लागि पर्यटन’ तय गरेको थियो । गत वर्षको नारा भने ग्रामीण विकासका