विश्व पर्यटन परिषद्को कार्यशाला काठमाडौंमा

काठमाडौं । नेपालसहित ११ देशका पर्यटन क्षेत्रसँग सम्बन्धित पदाधिकारीको सहभागितामा काठमाडौंमा बुधवारदेखि तीनदिने कार्यशाला शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व पर्यटन संगठनले ‘वेटर डेटा फर वेटर टुरिजम इन साउथ एसिया एण्ड प्यासिफिक’ विषयक कार्यशाला आयोजना गरेका हुन् । कार्यशालाको उद्घाटन गर्दै पर्यटनमन्त्री सुदन किराँतीले कोरोना महामारीका कारण थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी आवश्यक भएको बताए । यो कार्यशालाले पर्यटनको विकास तथा विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी प्रवर्द्धनका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म पुग्न सघाउने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा संगठनका बाह्य सम्बन्ध निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनका आयाम परिवर्तन हुँदै गएको बताए । पर्यटकीय योजना तर्जुमादेखि प्रवर्द्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्यांक आवश्यक रहेको उनको भनाइ थियो । यस्तै स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै गर्दा विश्व पर्यटन लयमा फर्किन थालेको बताइन् । यस्तो बेला आयोजना भएको यो कार्यशालामा विज्ञहरूका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने उनले बताइन् । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयाममा हुने छलफल तथा पर्यटन तथ्यांकका विषयमा विभिन्न देशका अनुभव आदान–प्रदानले पर्यटनका लागि नयाँ दृष्टिकोण तयार पार्न सहयोग पुग्नेछ । कार्यशालामा पर्यटनका विविध पक्षमा कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यशाला चैत ३ गतेसम्म चल्नेछ । कार्यशालामा नेपाल, भारत, बंगलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत देशका प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित सामग्री

पर्यटन, इतिहास र विश्व पर्यटन दिवस

विश्वमा कहिलेदेखि र किन विश्व पर्यटन दिवस मनाउन थालियो ? भन्दाखेरि सन् १९७९ मा भएको संयुक्त राष्ट्रसंघ (संरासं–युएन) को साधारणसभाको भेलाले १९८० को सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने निर्णय गरेको थियो । त्यसपछि लगातार संयुक्त राष्ट्रसंघको मातहतमा विश्वभरि विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यो वर्ष पनि गएको २७ सेप्टेम्बरका दिन विश्वभरि ४४ […]

‘बाघकाे भूमि’ मा ४४ औँ विश्व पर्यटन दिवस मनाइँदै

बर्दिया – पर्यटन र हरित लगानी नारासहित ४४ औँ विश्व पर्यटन दिवस बर्दियाको ठाकुरबाबा नगरपालिकामा भोलि बुधवार भव्य कार्यक्रम गरी मनाइने भएको छ । हरेक वर्ष २७ सेप्टेम्बर २०२३ मा मनाइने विश्व पर्यटन दिवस यस वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा मनाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको सहभागितामा जिल्लाका प्रमुख पर्यटकीय गतिविधिहरूका बारेमा जानकारी दिँदै पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा विश्व पर्यटन दिवस मनाइने मेयर...

विश्व पर्यटन दिवसमा प्रभातफेरी (तस्बिरसहित)

काठमाडाैँ- ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी गरेको छ। काठमाडौँको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो। ठमेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो। प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाको व्यक्तिहरू भेला भएर विश्व पर्यटन […]

विश्व पर्यटन दिवसका अवसरमा प्रभातफेरी

ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । मेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो । प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको व्यक्तिहरु भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताए । उनले आज दिउँसो स्थानीय र विभिन्न स

यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले …

विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आज विश्व पर्यटन दिवस

काठमाडौं : ‘पर्यटनका लागि पुनर्विचार गरौँ ’ नाराका साथ ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ।दिवसका अवसरमा नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय एवं सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। नेपाल विशेषगरी साहसिक पर्यटन र धार्मिक पर्यटनका लागि अन्तर्राष्ट्रिय जगतमा प्रख्यात छ। पछिल्लो समयमा पर्यटनमा विविधिकरण र ब्राण्डिङमा नयाँ–नयाँ क्षेत्र पहिचान र विकास भएका छन्।सरकारले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्

विश्व पर्यटन दिवस-बुटवलमा आरती प्रज्वलन

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औँ विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो […]

लुम्बिनी प्रदेशमा विश्व पर्यटन दिवसको भव्य तयारी

-भुवन कार्कीलुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।  प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व हुने गरी विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरेर दिवस मनाउने तयारी थालिएको हो

ओझेलमा विश्व पर्यटन

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८० देखि सेप्टेम्बर महिनामा विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । मूलतः पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय पनि हो । यस वर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई थिलथिलो बनाइरहेको अवस्था छ । यो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (यूएनडब्लुटीओ)ले प्रकाशित गरेको प्रतिवेदनमा […] The post ओझेलमा विश्व पर्यटन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.