काठमाडौं : स्थानीय वायुको असर कायमै रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा मौसम बदली भई मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान प्रदेश नम्बर एक र दुईको मौसम पूर्ण बदली भएको छ भने अन्य स्थानमा पनि आंशिक बदली भएको छ।हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित न्यून चापीय तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।आज दिउँसो प्रदेश नम्बर