काठमाण्डौमा हल्का वर्षा, देशभरको मौसम सामान्यतया बद्ली

काठमाण्डौ उपत्यकामा हल्का वर्षा भएको छ । आज दिउँसाेपछि पहाडी र तराईका जिल्लाका केही ठाउँमा मेघगर्जनसहित चट्याङ र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिमी बंगालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रि मनसुन सक्रिय रहेकाले आज देशका धेरै ठाउँको मौसम सामान्यतया बद्ली नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार पश्चिमी क्षेत्रबाट बादल आउने क्रम नरोकिएकाले मौसम सामान्यतया बद्ली...

सम्बन्धित सामग्री

उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली

अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षा भएको छ ।

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं, जेठ १५ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोमबार बिहान हाल गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया साफा रहेको छ। साथै गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ । त्यस्तै,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका […]

देशभरको मौसम आज कस्तो रहला ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। शुक्रबार बिहान हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । त्यस्तै, शुक्रबार दिउँसो […]

यस्तो छ आजको मौसम

काठमाडौं : मंगलबार पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले पहाडी भू–भागहरूमा आंशिक बदली रही हल्का वर्षा हुने जनाएको छ। बाँकी भू–भागमा मौसम सफा रहनेछ ।  राति प्रदेश १,गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ। महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा छ।

यस्तो छ आजको मौसम : केही स्थानमा हल्का वर्षा

काठमाडौं : बिहीबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि छिटफुट बाहेक ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षा हुनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।

देशभर सामान्यतया सफादेखि आंशिक बदली हुने

काठमाडौँ – देशभरको मौसमा सामान्यतया सफा रही केही क्षेत्रमा आंशिक बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली भने अहिले नरहेको मौसमविदले बताएका छन् । अहिले देशभरको मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको […]