काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं। आज काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ। स्थानीय र पश्चिमी वायुको प्रभावका कारण गण्डकी, बागमती र प्रदेश २ मा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर वर्षा भएको छ। आज देशैभर हल्का वर्षा र केही स्थानमा हावाहुरी र चट्याङ पर्ने सम्भावना छ।

सम्बन्धित सामग्री

देशका केही स्थानमा आज वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशका केही स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति र भोलि बुधबारसम्मै पानी पर्नेछ […]

आज देशका यी स्थानमा भारी वर्षा

काठमाडौँ – आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ। दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, राति पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ। शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति गण्डकीका थोरै तथा प्रदेश […]

आजको मौसम : देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं : शनिवार देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बेलुकीसम्म नै भारी वर्षा हुने जनाएको छ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।बिहान बागमती र प्रदेश १ का केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । देशका केही स्थानमा आज (मंगलबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ । हाल देशका प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव परेकाे छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। मंगलबार बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली भएकाे […]

आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांस स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांस स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि […] The post आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी  न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।आइतबार बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको छ। मधेश‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।यस्तै‚ कर्णाली र सुदूरपश्चिम

देशका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ सहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली छ । बाँकी स्थानहरूमा आंशिक बदली छ । आज दिउँसो […]

उपत्यकासहित देशका अधिकांश स्थानमा हिउँदे वर्षा

काठामडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गए रातीदेखि वर्षा भइरहको छ । केही दिन यता मौसममा बदली आएकोमा गए रातीदेखि वर्षा हुन थालेको हो । आज देशैभर सामान्य देखि पूर्ण बदली रहेको र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासंगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात […]

देशका केही स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा वर्षा र हिमपात हुन थालेको छ । यो क्रम यो हप्ताभर रहने र देशका अधिकांश भागमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण यो साता देशभर मौसम थप चिसो हुने छ । अहिले […]

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।आइतबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने मौसमविद् मन्जु बासीले जानकारी दिइन्। बेलुका पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ।शनिबार राति लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभन्न स्थानमा पानी परेको थियो। मनसुन बाहिरिने क्रममा रहेकाले भीषण वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।