सरकारी जागिरसँगै सुरु गरिएको तरकारी खेती लोभलाग्दो देखिएको छ । तमाखु र चोतो छर्ने बारीमा जागिरका साथै अतिरिक्त समय निकालेर थप आम्दानीको स्रोत तरकारी खेती बनेको हो ।
सिमकोट गाउँपालिकाको कार्यालयमा कार्यालय सहायकका रुपमा कार्यरत राना रावतले जागिरसंगै तरकारी खेती पनि सुरु गरेर अतिरिक्त आम्दानी गर्न सुरु गर्नु भएको छ ।