सल्यान : सामूहिक तरकारी खेती र माछापालनबाट सल्यानका दलित महिलाहरूले मनग्य आम्दानी गर्न थालेका छन्।तरकारी खेती र माछापालनबाट सिजनमा एक जनाले ४५ देखि ५० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको शारदा नगरपालिका–६ बरलाकी सुन्तली बादीले बताइन्। धेरै वर्ष बालुवा गिट्टी कुटेर घरखर्च चलाउँदै आएकी सुन्तलीले सामूहिक तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बालुवागिट्टी कुट्न छाडेको बताइन्।बरलाकै टिका नेपालीले पनि सामूहिक रुपमा आवद्ध भएर तरकारी र माछापालन गर्न थालेपछि अर्काका अघि हात थाप्नु नपरेको बताइन