प्रविधिको प्रयोग गरी तरकारी खेती

कञ्चनपुर, ८ भदौ । बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायीक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन् । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए। “बेमौसमी […]

सम्बन्धित सामग्री

तरकारी खेतीमा मल्चिङ प्रविधि

वराहक्षेत्र नगरपालिका–९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चौधरी गाउँमा प्रविधिको प्रयोग गर्ने प्रतिनिधि किसान हुनुहुन्छ ।

तरकारी खेतीका लागि भरपर्दो बन्दै मलचिङ्ग प्रविधि

वराहक्षेत्र –९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।

चितवनका किसान सामूहिक खेतीमा आकर्षित, हट्यो जमिन बाँझोको समस्या !

चितवन । भरतपुर नगरपालिकाका केही युवाहरू सामूहिक खेतीमा आकर्षित भएका छन् । यहाँका १८ परिवारले शुरु गरेको आधुनिक सामूहिक खेती फार्ममा अहिले थप किसान जोडिएका छन् ।  फार्मका अध्यक्ष लेखनाथ भुसालका अनुसार अहिले सामूहिक खेतीमा थप १० जना जोडिएर २८ पुगेका छन् ।  फार्ममा आवद्ध किसानहरूले सामूहिक खेती गर्नेको संख्या मात्रै बढाएका छैनन्, सामूहिक खेती गर्ने जमिनको क्षेत्रफल पनि बर्सेनि बढाउँदै लगेका छन् ।  उनीहरूले पहिलो वर्ष ५० बिगाहामा सामूहिक खेती गरेका थिए । यस्तै, दोस्रो वर्ष ९० बिगाहा र तेस्रो वर्ष १०० बिगाहामा सामूहिक खेती गरेका थिए । सामूहिक खेती थालेको चौथो वर्षमा त्यो क्षेत्रफल अझ विस्तार भएको छ ।  सय बिघा जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती शुरू गरिएकोमा अहिले ५० बिगाहा थपिएको फार्मका अध्यक्ष भुसालले बताए ।  हाल भरतपुरको वडा नम्बर २०, २३, २४ र २५ गरी चारओटा वडामा कृषि कर्म फैलिएको उनले बताए । ‘अहिलेसम्म सबैले तरकारी थोरै थोरै उत्पादन गर्थे । अहिले प्लट अनुसारका उत्पादन गर्न थालेका छन् । २८ ओटा प्लट हुनेछन् र हरेक प्लटको म्यानेजर छुट्टाछुट्टै हुनेछ,’ भुसालले भने, ‘यसले गर्दा किसानलाई धेरैथरि तरकारी उत्पादनको झन्झट पनि भएन ।’ सामूहिक खेतीले बाली मात्रै भित्र्याएको छैन, जमिन बाँझै हुने समस्या पनि हल गरेको छ । ‘बाँझो भएका खेत सामूहिक खेतीले उब्जाउ र हराभरा बनेका छन्,’ भुसालले भने, ‘यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ ।’ सामूहिक खेती थालिएपछि उक्त फर्मले अनुदान पनि पाएको छ । उनीहरूले तरकारी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेश मातहतको कृषि ज्ञान केन्द्र, चितवनबाट अनुदान पाएका छन् ।  फर्मले ज्ञान केन्द्रबाट ब्लक कार्यक्रम फार्म अनुदान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट क्षेत्र विस्तार कार्यक्रममार्फत ५ लाख रुपैयाँ अनुदान पाएको अध्यक्ष भुसालले बताए । यस्तै, भरतपुर महानगरपालिकाबाट अनुदानमा कृषि सामग्री पाएको उनको भनाइ छ ।  महानगरबाट ५० प्रतिशत अनुदानमा विभिन्न कृषिजन्य सामग्री, जस्तै : हाते ट्रयाक्टर, बोलेरो गाडी, टनेल, थोपा सिँचाइ, बीउ तथा आवश्यक मललगायत सामग्री पनि पाउने गरेका छन् ।‘यसरी तरकारी खेतीका लागि अनुदान पाउँदा व्यवसाय गर्न धेरै सहज हुन्छ, काम गर्ने थप हौसला मिल्छ,’ उनले भने । त्यति मात्रै होइन, फर्ममा आवद्ध किसानले तालिम पनि पाएको उनी बताउँछन् ।  उनको बारीमा अहिले धान खेतीदेखि घिरौंला, बोडी, करेला, फर्सीसम्म उत्पादन भइरहेको छ । ‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीलाई कम उपयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ भनेर लागेको छु, भुसालले भने, ‘अब कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नुपर्ने छ ।’ कस्तो माटोमा कुन बाली लगाउँदा फाइदा हुने र बजार मूल्यलगायत कुराको अध्ययन नगरी खेती गर्दा घाटा बेहोर्ने गरेको उनले बताए । अन्न बाली र तरकारी खेती गरिरहेका उनले अब बाख्रा र गाईपालन गर्ने योजनामा छन् । त्यसपछि हाँस, टर्की पनि पाल्ने योजना रहेको उनले सुनाए । समूहका सचिव सुमन सुवेदीले बीउ खरीददेखि बजारसम्मको जिम्मा समूहले नै लिने बताए । ‘किसानले किन्नुपर्ने बीउ, मलदेखि उत्पादनलाई बजार पुर्‍याउने समयसम्म बिचौलियाको जगजगी थियो,’ सुवेदीले भने, ‘एक्लाएक्लै खेती गर्दा बिचौलियाको भर पर्नु परेकाले किसानले लाभ लिन पाएका छैनन् ।’ उनले नै चितवनमा कुरिलोको व्यावसायिक खेती थालेका थिए । अहिले कुरिलोसहित कागती, खुर्सानी, च्याउलगायतको खेती गर्दै आएका छन् ।

प्रविधिको प्रयोग गरी तरकारी खेती

कञ्चनपुर- बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायिक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन्। गत वर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल  तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन् । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए। “बेमौसमी वर्षाले १० कठ्ठामा […]

विदेशको सीप, गाउँमै व्यवसाय

कपुरकोट गाउँपालिका–३ दमारखोलाका थमन गिरी १५ वर्षअघि रोजगारीका लागि मलेसिया गए । घरको आर्थिक अवस्था कमजोर भएका उनले १० वर्ष विदेश बस्दासमेत सोचेजस्तो कमाइ गर्न सकेनन् । अहिले विदेशबाट सिकेको सीपलाई प्रयोग गर्दै उनले गाउँमै व्यवसायिक तरकारी खेती गरिरहेका छन् । ‘त्यहाँ बस्दा इजरायली प्रविधिबाट खेती गर्न सिकियो,’ उनले भने, ‘पैसा धेरै नकमाए पनि अहिले त्यही प्रविधि काम लागेको छ ।’ गिरीले थोपा सिँचाइ प्रविधिको प्रयोग गरी टनेलमा बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् ।