अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् । यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आउनुभएको छ । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताउनुभयो । “विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती […]