सर्लाही : सर्लाहीको लालबन्दी-१ नवलपुरमा आइतबार साँझ एकजना सुनचाँदी व्यवसायीलाई अपहरण शैलीमा नियन्त्रणमा लिन आएको टोली भारतीय प्रहरी भएको सुरक्षा स्रोतले जनाएको छ।नवलपुरस्थित मनकामना सुनचाँदी पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–१ स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपरिचित समूहले अपहरण शैलीमा नियन्त्रणमा लिने प्रयास गरेको थियो।साँझ ६ बजेतिर नेपाली नम्बर प्लेटको स्कार्पियो चढेर आएका ४ जनाले साहलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए। तर तत्कालै प्रतिकार गरेर स्थानीयले अपहर