विनाइजाजत भारतीय प्रहरी नेपालमा घुम्ने गरेको पाइएको छ । आन्तरिक सुरक्षा संवेदनशीलतासँग जोडिए पनि विनाइजाजत नेपाल प्रवेश गर्ने भारतीय प्रहरीबारे नेपाल प्रहरीले भने सामान्य रुपमा लिएको छ ।
बिहीवार साँझ नेपालका दुई सुरक्षा निकायको चेकपोष्टलाई छल्दै दुई भारतीय प्रहरी सवार गाडी कैलालीको खक्रौला नाका हुँदै नेपाल प्रवेश गरेको थियो ।
खक्रौला भन्सार कार्यालयको बेरियरमा प्रहरीको चेकपोष्ट छ । त्योभन्दा अगाडि बीओपी खक्रौलाको चेकपोष्ट र प्रहरी चौकी कालाकुण्डाको चेकपोष्ट छ ।
ती तीनवटै चेकपोष्टमा इन्ट्री नगरी उ...