“अर्थतन्त्रलाई हरित अर्थतन्त्रले प्रतिस्थापन गर्न सक्ने प्रचुर सम्भावना बढेको छ ”

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा सरकारले आज आयोजना गरेको ‘सगरमाथा राष्ट्रिय संवाद’ आफ्नो उद्देश्यमा सफल भएको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

कृषि प्रधान अर्थतन्त्रमा कृषिकै उँधोगति किन ?

नेपालको अर्थतन्त्रलाई कृषि प्रधान अर्थतन्त्र मानिएको छ । आय, रोजगारी र जीवननिर्वाहको दृष्टिबाट कृषिक्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरूदण्ड बन्न सक्ने भए पनि अर्थतन्त्रमा यो क्षेत्रको योगदान घट्दै गएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष (आव) २०७०/७१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ३० दशमलव ३ प्रतिशत रहेकोमा गत आव २०७९/८० मा २४ दशमलव १ प्रतिशतमा झरेको छ । जीवननिर्वाहका लागि आवश्यक दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने क्षेत्र र अर्थतन्त्रको मेरूदण्ड नै उँधोगतिमा जाँदा अर्थतन्त्रको गति के होला ? यसमा चिन्तनको पनि अभाव खट्किएको छ । कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व बढ्न नसक्दा कृषिजन्य उपजको आयात निरन्तर बढिरहेको सरकारले नै स्वीकार गरेको तथ्य हो । हामीकहाँ आयात र निर्यातमा व्यापक असन्तुलन छ । आयातित कृषि उपजका कारण यहाँको उत्पादनले बजार पाएको छैन । बाहिरबाट जनस्वास्थ्यका लागि हानिकारक रसायनयुक्त उत्पादन आउनु र यहाँको कृषि उत्पादनले बजार नपाउने स्थिति छ । किसानले तरकारी खेतीमा डोजर चलाएका, काउली, बन्दा, गोलभेंडा र दूध सडकमा फालेका समाचार सञ्चारमाध्यममा बारम्बार दोहोरिने गरेका छन् । यो कृषिक्षेत्रको एउटा मुख्य समस्या हो । स्थानीय स्तरमा उत्पादन हुने कृषि उत्पादनलाई बजारमा स्थापित गराउन त्यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ । यसमा सरकारले आवश्यकता जति ध्यान दिन सकेको छैन ।  सरकारले कृषि उत्पादनको लागतका आधारमा कृषि उपजको न्यूनतम मूल्य तोकेको छ । धान, गहुँ, दूध र उखुको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । कृषिबीमाको नीति पनि ल्याएको छ । तर, यस्ता योजनाको प्रभावकारिता देख्न पाइएको छैन । कृषिक्षेत्रको विकासका लागि भन्दै अनुदान बाँडेको सुनिन्छ, तर त्यो कहाँ र कसलाई बाँडेको हुन्छ ? यसमा पारदर्शिता र प्रभावकारिता दुवै छैन ।  वास्तविक किसानकहाँ अनुदान पुगेको हुँदैन । कृषिक्षेत्रमा बैंकहरूले गर्ने भनेको अनिवार्य कर्जा लगानी र ब्याजमा अनुदान असली किसानको हातमा पुगेको छैन । अनुदानमा राजनीतिक दलका नेताका निकट र पहुँचवालाको हालीमुहाली छ । यसको चरम दुरुपयोग भइरहेको छ ।  भारतमा त्यहाँका किसानलाई कृषि उत्पादनमा अनुदान दिइएको छ । कृषि उत्पादनको उचित मूल्य र बजारीकरणका लागि त्यहाँको सरकारले संकलन केन्द्रहरू बनाइदिएको छ । त्यहाँ ३० भन्दा बढी कृषि उत्पादनको समर्थन मूल्य तोकिएको छ । बृहत् परिमाणमा उत्पादनले भारतमा उत्पादनको लागत कम परेको हुन्छ । उदाहरणका लागि हेरौं, भारतबाट अमला बढीमा  किलोको २५ रुपैयाँमा नेपालका उद्योगसम्म आपूर्ति हुन्छ ।  हामीकहाँ यो मूल्य १५० रुपैयाँ छ । यसरी उत्पादन कसरी प्रतिस्पर्धी हुन सक्छ ? कृषि उत्पादनलाई कसरी प्रतिस्पर्धी बनाउन  सकिन्छ ? लागत न्यूनीकरणका लागि प्रविधिको प्रयोग मुख्य उपाय हो । खेतीको समयमा उन्नत बीउ, मलखाद सिँचाइजस्ता अनिवार्य आधार कमजोर राखेर उन्नत खेतीको कल्पना गर्न सकिँदैन । यो अवस्था अन्त्य गरी कृषिलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउन अब तहगत सरकारहरूले प्रभावकारी नीति बनाउन ढिला गर्नु हुँदैन ।  सक्षम युवा जनशक्ति रोजगारीका लागि विदेशी भूमिमा पुगेको छ । युवाशक्ति वैदेशिक रोजगारीमा बाहिरिएपछि कृषिकर्ममा जनशक्तिको अभाव देखिएको छ । कृषिमा आबद्ध जनशक्ति घट्दै गएको छ । हिमाली र पहाडी क्षेत्रमा खेतीयोग्य जग्गा बाँझो रहने र तराईमा प्लटिङले जग्गा खण्डीकरण हुने क्रम बढेको छ । सक्षम युवा जनशक्ति रोजगारीका लागि विदेशी भूमिमा पुगेको छ । युवाशक्ति वैदेशिक रोजगारीमा बाहिरिएपछि कृषिकर्ममा जनशक्तिको अभाव देखिएको छ । कृषिमा आबद्ध जनशक्ति घट्दै गएको छ । सन् २०१८ को श्रमशक्ति सर्वेक्षणले कृषिमा आबद्ध जनसंख्या ६० दशमलव ४ प्रतिशत देखाएकोमा सन् २०२१ मा आइपुग्दा यो जनसंख्या ५० दशमलव ४ प्रतिशतमा खुम्चिएको देखिन्छ ।  नेपाल दक्षिण एशियाली राष्ट्रमध्ये भुटानपछि सबैभन्दा बढी वनक्षेत्र भएको देश हो । आर्थिक सर्वेक्षण २०८० का अनुसार कुल क्षेत्रफलको ४५ दशमलव ३१ प्रतिशत वनक्षेत्रले ढाकेको छ । तर, हामीकहाँ बाहिरी देशबाट काठ र फर्निचरको आयात किन हुन्छ ? चीन र मलेशियाबाट यस्तो उत्पादन भित्रिएको छ । आफ्नै वनमा काठ कुहिएर खेर गएको छ । हामीकहाँ सामुदायिक, निजी वन र खेतको काठ काट्न र उपयोगमा समस्या छ । वनसम्बन्धी कतिपय नीति र नियमले विकासमा अवरोधसमेत सृजना गरेको छ ।  नेपालमा जडीबुटीको प्रचुर सम्भावना छ भनिन्छ । तर, यो हामीले पढेको कुरामात्र हो । यस्तो जडीबुटी कहाँ छ, के छ ? केही थाहा छैन । यसमा अनुसन्धान र खोज जरुरी छ । भारत र चीनमा जडीबुटीका बारेमा खोज र अनुसन्धानका केन्द्र स्थापना भएर काम भइरहेका छन् । चीन औद्योगिक क्रान्ति शुरू हुँदासम्म जडीबुटीमा अनविज्ञ थियो, आज जडीबुटीको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ । यार्सागुम्बा नेपालमा मात्र पाइने  जडीबुटी हो ।  जर्मनले यार्सागुम्बाका लागि चाहिने हावापानी ल्याबमै बनाएर उत्पादनको योजना बनाइसकेको छ । हामीकहाँ संरक्षणमा समेत चासो देखिएको छैन । कृषिको व्यवसायीकरण हुन सकेको छैन । सीमित मात्रामा कफी, सुन्तला र स्याउको खेती भएको छ, अरू जंगली उपजको भरमा चलेको छ । खाद्यान्न र जडीबुटीको व्यावसायिक उत्पादन र बजारीकरण हुन सकेको छैन । कृषिमा पर्याप्त खोज र अनुसन्धानका साथै दूरदृष्टिसहितको प्रभावकारी योजनाको खाँचो छ ।  नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश कृषि समितिका अध्यक्ष सुवेदीसँग गरिएको कुराकानीमा आधारित ।

साहसिक पर्यटन ‘ट्रेकिङ’: आन्तरिक पर्यटकको रहरलाग्दो मोह

नारायण ढुङ्गानाकाठमाडौँ : विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक र कहलिएको गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय यसको सम्भावना अझै प्रचुर मात्रामा बढेको छ।यतिखेर देशका विभिन्न रुटका पदयात्रामा गएकाहरुलाई हेर्ने हो भने विदेशीभन्दा स्वदेशी नै धेरै भेटिन्छन्। पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन्।ट्रेकिङका लागि आकर्षक गन्तव्य र प्रचुर सम्भावना देखेर नै विश्वभरिका मानिस नेपालमा पदयात्रा गर्न आउने गर्छन् तर पनि यसमा रहेको अथाह स

रोजगार नहुँदा कर्णालीका ९४ हजार नागरिक विदेशिए

कर्णालीबाट रोजगारीका लागि विदेशिने नागरिकको संख्या वृद्धि भएको छ । संघीयतापछि पनि आफ्नै गाउँठाउँमा उचित रोजगारीको प्रबन्ध नहुनु, उद्यमशीलता, उत्पादनमुखी, युवा रोजगरमैत्री नीति नहुँदा कर्णालीबाट विदेशिने नागरिकको संख्या बढेको हो । कृषि, पर्यटन, जडिबुटी, जलजमिन लगायतका रोजगारी सृजनाको प्रचुर सम्भावना हुँदा पनि लगानी र नीति अभावले सम्भावना अवसरमा रूपान्तरण हुन सकेनन् । जसका कारण कर्णालीबाट […]

पर्यटन व्यवसायका विविध आयाम

नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको देश हो । भौगोलिक रूपमा सानो भएर पनि प्राकृतिक विविधताका कारण विश्वमा नै अग्र स्थानमा रहेको छ । नेपालमा पर्यटक आकर्षित हुनुका कारणहरू अनेक रहेका छन् । त्यस्तै नेपालमा पर्यटनका विविध आयात र क्षेत्र रहेका छन् । ती सबै आयामलाई उपयोग गर्न सके यसबाट समृद्धिको बाटो खुल्न सक्छ ।   ग्रामीण पर्यटन : आजभोलि ग्रामीण पर्यटनको महत्त्व ज्यादा बढेको देखिन्छ । शहरी वातावरणबाट अलिक मात्र उन्मुक्ति प्राप्त गर्ने ध्येयले स्वदेशी पर्यटक पनि आन्तरिक पर्यटकका रूपमा गाउँ घुम्न जान्छन् । यसले रोजगारी तथा आन्तरिक उत्पादनले बजारीकरणको अवसरसमेत प्राप्त गराउँछ । पर्यटकहरू स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरू नवीन स्थान तथा वनस्पति र जीवजन्तु आदिका बारेमा जान्न चाहेका हुन्छन् । यस्ता पर्यटकका लागि ग्रामीण पर्यटन उत्तम मानिन्छ । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किरहेको छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक अवलोकन भ्रमण गर्न होस् या बिदा मनाउन नै किन नहोस्, गाउँमा पुग्ने गरेका छन् । यसले नेपालको आन्तरिक बजारमा मात्र नभई विश्व बजारमा पनि प्रचार भएर पर्यटन व्यवसायमा थप टेवा पुग्छ । ग्रामीण पर्यटनले स्थानीय र रैथाने उत्पादनको स्वादको मजा मात्र नलिई उक्त उत्पादनको बजारीकरणसमेत हुन्छ । कोदो, फापर, करू, जौ, सिस्नुको पीठो, मार्सी चामल, सिमीको दाल, सिन्की, लप्सी, कागुनोजस्ता दर्जनौं उत्पादनले चर्चा पाउने र त्यसको बजारीकरणमा समेत प्रभावकारी रहने भएकोले गाउँ पर्यटनको महत्त्व ज्यादा रहेको छ । होमस्टे : होमस्टेले पर्यटकलाई भिन्न खालको अनुभूति गराउन सफल भएको छ । यसले स्थान विशेषको प्रचार गराउन सहयोग गर्छ । त्यस स्थानका श्रमिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँपनको अनुभूति गर्दै स्थानीय परिकारको स्वाद लिएर आनन्दित बन्दै फर्कन्छन् । यसैले हाम्रो देशको आर्थिक र पर्यटन विकासमा होमस्टे अवधारणा वरदान नै सावित हुन सक्छ । यस्ता होमस्टे सञ्चालन गर्ने सबै व्यवसायलाई थप सहज बनाउन स्थानीय सरकारले कर र अन्य कार्यमा सहजीकरण गरी प्रेरित गर्न सक्नुपर्छ । हस्तकला र पर्यटन : पर्यटन व्यवसायबाट हस्तकलाको विकासमा सहयोग पुग्छ । हस्तकला र पर्यटन एकअर्काका परिपूरक हुन्छन् । पहाडी क्षेत्रका विशेष हस्तकलाहरूमा चकटी, सानासाना कलात्मक मूर्तिहरू, टोपी, फेटा, पटुका, पन्जा, मुडाजस्ता सामग्रीको व्यापार प्रवर्द्धन गर्न सकिन्छ । यसले पर्यटनको विकासका साथमा हस्तकलाको पनि प्रवर्द्धन हुन्छ । यसले रोजगारी समेत सृजना गर्छ । त्यसैगरी मधेश प्रदेशमा ढक्की, माटाका आकर्षक भाँडाहरू, विभिन्न देवीदेवताका मूर्ति, मिथिला चित्रकला आदिले पनि बजार पाउन सक्छन् ।   साहसिक पर्यटन : आन्तरिक पर्यटकको प्रमुख रोजाइमा बञ्जी जम्पिङ परेको छ । नेपालमा यस्ता साहसिक गतिविधिहरू सञ्चालन गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । उत्तरी भेगबाट बग्ने तीव्र गतिका नदीमा र्‍याफ्टिङको सम्भावना ज्यादा रहेकाले यसमा थप लगानी र प्रचार आवश्यक छ । यसैगरी प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ जसले हाम्रो देशको चौतर्फी विकासमा समेत सहयोग दिन्छ । सांस्कृतिक पर्यटन : नेपालमा १२५ जातजातिका मानिसहरूको आआफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्य मान्यता रहेका छन् । यी नै सांस्कृतिक विविधता अवलोकन गर्न पनि धेरै पर्यटक नेपालमा आउँछन् । यो हाम्रो विशेष पहिचान पनि भएकाले यसको संरक्षणमा समेत हामीले ध्यान दिन जरुरी हुन्छ । सम्पदा पर्यटन : नेपाल धार्मिक तथा ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेको छ । विश्व सम्पदा सूचिका सूचीकृत भएका दशओटा सम्पदा नेपालमै छन् । पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य, लुम्बिनी, हनुमान ढोका दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर विश्व सम्पदामा परेका छन् । यिनै सम्पदाहरूका कारण पनि नेपाल अवलोकन भ्रमणका लागि पर्यटक आउने गरेका छन् । यसले पनि आर्थिक विकास तथा पर्यटन व्यवसायमा बल दिएको अवस्था छ । हावापानीमा विविधता : हाम्रो देश नेपाल हावापानीका हिसाबले पनि विविधतायुक्त रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण, मध्यभागमा समशीतोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । सबै खाले हावापानी रुचाउने पर्यटकलाई नेपाल भ्रमण उच्च रोजाइको देश बनेको छ । यसले नेपालको सबै क्षेत्रमा पर्यटन व्यवसायको विकासको सम्भावनासमेत बराबर रहेको देखिन्छ । वन्यजन्तु अवलोकन पर्यटन : नेपाल हावापानी र भौगोलिक विविधताले गर्दा वनस्पति र वन्यजन्तुको विविधितामा पनि अग्र स्थानमा रहेको छ । देशको विभिन्न भागलाई निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ । विभिन्न लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुङ्गीहरू प्रशस्त मात्रामा पाइने भएकाले यहाँ अध्ययन र अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् । यस्ता पर्यटक खर्चालु समेत हुने भएकाले पर्यटनले बढी लाभ लिन सक्छ । नेपाल प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै आकर्षक देश हो । यहाँको हिमाली शृंखलाहरू, मनोरम पहाडी स्थलहरू, विभिन्न प्रकारका भू–सतह, गुफा, ताल, झर्ना तथा नदीहरूले विदेशी पर्यटकहरूको मन लोभ्याउने गरेको वास्तविकता हामीसामु छिपेको छैन । अझ हामीले अन्य धेरै स्थानको पहिचान गर्न सकेमा यस क्षेत्रको विकासमा थप बल मिल्ने निश्चित छ । पर्यटकले चाहेअनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा मनग्य लाभ पर्यटन व्यवसायबाट लिन सकिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग, मन्त्रीको आश्वासन

२ भदौ, वीरगञ्ज । सिमेन्ट उद्योगीले वन नियमावली २०७९ का केही प्रावधानका कारण उद्योग संकटमा परेको गुनासो गरेका छन् । सिमेन्टमा आयात प्रतिस्थापन गरी मुलुक आत्मनिर्भर बनिसकेको र विदेश निर्यात गर्ने प्रचुर सम्भावना बढेको अवस्थामा वन नियमावलीका केही प्रावधानले संकटमा धकेल्ने उनीहरुको तर्क छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावलीका केही प्रावधानले […]

आन्तरिक पर्यटकको गन्तव्य बन्दै फनपार्क

पाल्पा । पाल्पाको रामपुरमा खुलेको फनपार्कमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेषगरी बालबालिकालाई लक्षित गरी रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सञ्चालित फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ फनपार्क । विद्यालय बिदाको समय र दशैं पर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भीड लागेको छ । पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभन्दा बढी मनोरञ्जनात्मक खेलका सामग्री उपलब्ध छन् । खेलकुदका लागि प्रतिव्यक्ति ५० र अवलोकनका निम्ति २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । स्थानीयवासी गोविन्द पाण्डे र शोभा पाण्डेले यहाँको पर्यटन विकास र बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले करीब ४० लाख लगानीमा सो फनपार्क सञ्चालनमा ल्याएका हुन् । एक महीनाअघि सञ्चालनमा आएको पार्कमा दैनिक दुई सयदेखि पाँच सयसम्म बालबालिका आउने गरेका छन् । रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा पर्यटन विकास गर्न र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकालाई लक्षित गरी फनपार्क सञ्चालनमा ल्याएको सञ्चालक पाण्डेले बताए । ‘बालबालिकालाई बिदाको समय घुम्ने र खेल खेल्ने ठाउँ नहुँदा उनीहरूलाई दृष्टिगत गर्दै कमसेकम विभिन्न मनोरञ्जन दिन सकियो भने मानसिक विकास हुनेछ भन्ने मनसायले पार्क सञ्चालनमा ल्याइएको छ,’ उनले भने । अहिले शुरुआती चरणमा बालबालिकालाई लक्षित गरी विभिन्न खेलमूलक मनोरञ्जनका सामग्री प्रयोगमा ल्याइएको छ । अब युवायुवतीलाई पनि मनोरञ्जन प्रदान गर्ने खालका सामग्रीको बन्दोबस्त गर्ने सञ्चालक पाण्डेको भनाइ छ । एघार वर्षसम्म बहराइनमा बसेका पाण्डेले विदेशको अनुभव र यहाँको प्रचुर सम्भावना देखेर पार्कको अवधारणा ल्याएका हुन् । बालबालिका मात्रै नभएर सबै उमेर समूहका व्यक्ति अवलोकनका निम्ति यहाँ आउने गरेको सञ्चालक शोभा पाण्डेले बताए । दश वर्षसम्मका लागि चार रोपनी जग्गा भाडामा लिएर पार्कको पूर्वाधार तयार पारी सञ्चालनमा ल्याइएको छ । रासस

कुश्माबजार पर्यटकले भरिभराउ

पर्वत । धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङ जाने आउने पर्यटकका कारण यतिबेला पर्वत सदरमुकाम कुश्माबजार भरिभराउ हुन थालेको छ । दैनिक सयौंको संख्यामा पर्यटक कुस्मा बजार हुँदै ओहोरदोहोर गर्ने गरेका छन् । सडकमा आन्तरिक र बाह्य पर्यटक जति नै दौडिए पनि त्यसको सम्बन्ध कुस्मासँग थिएन । कुस्मासहित पर्वतमा रहेका प्राकृतिक पर्यटकीय गन्तव्य प्रवद्र्धन नहुनु तथा आधुनिक मानव निर्मित गन्तव्यको पनि अभावका कारण आउने जाने मात्रै हुन्थ्यो । नेपालकै पहिलो अग्लो र लामो झोलुंगे पुल कुस्मा र कटुवाचौपारी जोड्नेगरी बन्यो । यसपछि भने मुस्ताङ आवतजावत गर्ने पर्यटक कुस्मा बजारभित्र छिर्न थाले ।      यसको केही समयमा बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुंगे पुल बनेपछि पर्यटक झनै आकर्षित भए । बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि बनाइएको ५६७ मिटर लम्बाइको झोलुंगे केही महीना अघिदेखि सञ्चालनमा आएको छ । यसले पनि पर्यटक तानेको छ ।    जिल्लामा रहेका झोलुंगे पुलले मात्र पर्यटकलाई आकर्षित गर्न नसकिरहेका बेलामा ‘द क्लिफ’ कम्पनीले शुरू गरेको बञ्जीजम्पले भने जिल्लामा पर्यटकको चहलपहल एकाएक बढाइदिएको छ । स्काइ साइक्लिङ, स्विङ र बञ्जीमा दैनिकजसो पर्यटकको आवागमन हुँदा बजार क्षेत्रमा चहलपहल बढेको छ । साहसिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको पर्वतमा अहिले विश्वकै दोस्रो लामो जीपलाइन बन्दै छ । गत मङ्सिरदेखि निर्माण थालिएको जीपलाइनको अहिलेसम्म करीब ७० प्रतिशतभन्दा बढी काम पूरा भएको हार्नेस जीपलाइन प्रालिका अध्यक्ष विदुर पौडेलले बताए । भारतीय निर्माण कम्पनी श्याम जीपलाइनका इञ्जिनीयर नवीन मेस्सीका अनुसार पर्वतमा बन्न लागेको जीपलाइनको लम्बाइ १ हजार ४०० मिटर रहेको छ । रासस

पर्यटक तान्दै माझठानाका झरना

पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीयरुपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।