पर्यटक तान्दै माझठानाका झरना

पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीयरुपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।

सम्बन्धित सामग्री

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

गडराय– बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् । सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस […]

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

बझाङ, माघ २६ । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका-७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् । सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले […]

आन्तरिक पर्यटक लोभ्याउँदै काभ्रेको तीनतले झरना

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिकामा तीनतले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ । बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीस्थित तीनतले झरनामा यतिखेर आन्तरिक पर्यटक दैनिक बढ्न थालेका छन् । उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकालका बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम तथा फाइमराङको …

आन्तरिक पर्यटकको रोजाइँमा गाईखुरे झरना

गाईखुरे झरनामा स्थानीय पर्यटक लर्को लाग्न थालेको छ। वर्षायाममा झरना हेर्न र रमाउन पुग्नेहरुको भिड लाग्छ। बेलाबेलामा ‘क्यानोनिङ’ समेत सञ्चालन गरेकोले यो झरना आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको हो। बर्खायाममा पौडी...

पर्यटकलाई लोभ्याउने ‘नारच्याङ’ झरना

अग्लो र भिरालो पहाड । पहाडको टुप्पोबाट बग्ने झरना । त्यहीँ भिर तथा पहराको सहारामा बगेको झरनाको चिसो पानी । अन्नपूर्ण र निलगिरि हिमालको काखमा रहेको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्यटक लोभ्याउने आकर्षक ‘नारच्याङ’ झरना पर्छ । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरना पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको […]

ओखलढुंगाको पोकली झरना पर्यटकको पर्खाईमा

ओखलढुंगा । ओखलढुंगाको पोकली झरना पर्यटकको पर्खाईमा रहेको छ । याे झरना पर्यटकीय गन्तव्य सूचिमा सूचिकृत समेत भएकाे हाे । १ सय ३० मिटर उचाईबाट झर्ने यो झरना देशकै दोस्रो अग्लो झरनाको रुपमा दावी गरिंदै आएको छ । लिखु गाउँपालिकाको पोकलीमा रहेको साेही झरनामा भौगोलिक विकटताका कारण पर्यटक आवत-जावतमा समस्या हुने गरेको छ । पोकली […]

नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक

काठमाडौँ,१७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय नारच्याङ झरनामा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस

पर्यटक आकर्षणको केन्द्र बन्दै गाईघाट झरना

बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए । उनले गाउँपालिकाले अझै बढी पर्यटक भि

मन लोभ्याउने रुप्से झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरनाले पर्यटक लोभ्याउने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस

अक्टोपस झरना

लमजुङ, १ कात्तिक: बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।-तस्वीर : जनक श्रेष्ठ-रासस