बैतडी : केही दिनदेखिको लगातार वर्षाका कारण पहिरो खस्दा बैतडीको एक घरमा पूर्णरुपमा क्षति पुर्याएको छ। यस्तै पाँच घर उच्च जोखिममा परेका छन्।जिल्लाको दोगडाकेदार गाउँपालिका २ बसाडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्णरुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए।आइतबार बिहान १० बजे घरमाथिबाट खसेको पहिरोका कारण गोठमा बाँधेका ३ बाख्रा मरेका छन् भने अन्नपात तथा लत्ताकपडासमेत पुरिएका छन्। पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जन