गोरखामा बाढी–पहिरोले घरमा क्षति, सडक अवरुद्ध

गोरखा : लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्‍याएको छ।बाढी र पहिराले १० घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो।अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए।त्यस्तै, सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ,

सम्बन्धित सामग्री

वर्षाले तराईमा डुबान, पहाडमा पहिरो

सुदूरपश्चिमका विभिन्न क्षेत्रमा मङ्गलबार र बुधबारको वर्षाले तराईका बजार डुबान र ग्रामीण सडक अवरुद्ध बनेका छन् । कतिपय स्थानमा बाढी र पहिरोले घरमा क्षति पु¥याएको छ । दुई दिनको निरन्तरको वर्षाले गाउँबस्तीमा पहिरोको जोखिमसमेत बढाएको छ । यद्यपि तराईका केही जिल्लामा किसानले राहत महसुस गरेका छन् ।

गोरखामा बाढी–पहिरोले घरमा क्षति, सडक अवरुद्ध

लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ ।  बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहाद

पहिरोले विद्यालय र सरकारी कार्यालय जोखिममा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासमा अधिकांश ठाउँमा पहिरो जाँदा विद्यालय र सरकारी कार्यालय जोखिममा परेका छन् । अविरल वर्षाका कारण खसेको पहिरोले बजार क्षेत्रमा जोखिम बढेको छ । बेनीको न्यूरोडस्थित घतानचोकमा हिलसाइडबाट खसेको पहिरोले दुई घरमा क्षति पु¥याएको छ भने केही घर जोखिममा परेका छन् । यसैगरी बेनी सामुदायिक विद्यालय नजिक वराहपाखोबाट रूखसहित ठूलो पहिरो खसेको छ । पहिरोका कारण बेनी–अर्थुंगे सडक पूर्णरूपमा बन्द भएको छ । पाखो चर्किएकाले जतिबेला पनि पहिरो जान सक्ने खतरा बढेको छ  । पहिरोका कारण बेनी सामुदायिक विद्यालय र तीनओटा सरकारी कार्यालय जोखिममा परेका छन् । पहिरोकाले खानेपानी तथा सिँचाइ, वन डिभिजन कार्यालय र पशु तथा भेटेरिनरी कार्यालयको आवासगृह जोखिममा परेका हुन् । यसैगरी महारानीथान नजिक पनि माथि पाखोबाट ठूलो पहिरो खसेको छ । यहाँ खसेको पहिरोका कारण बेनी नगरपालिका–७ मंगलाघाट बजार जोखिममा परेको स्थानीय कृष्णबहादुर बानियाँले बताए । ठूल्ठूला ढुंगासहितको पहिरो खसेकाले बजार क्षेत्र जोखिममा परेको बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बस्तीमाथिबाट ठूला ढुंगासहितको पहिरो खसेको उनले बताए । वर्षासँगै आएको पहिरोका कारण सडक जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिरोले बेनी–दरबाङ सडक र बेनी–जोमसोम सडक ठप्प भएका छन् । त्यसैगरी बेनी–बगरफाँट–भकिम्ली, बेनी–वरञ्जा, बेनी–अर्थुंगे–पुलाचौर, बेनी–घतान, बेनी–पाखापानी लगायत दर्जनौं सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । पहिरो र बाढीले सडक भत्काएकाले यातायात ठप्प भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । सडक खुलाउन तीन दिनसम्म लाग्न सक्ने उनको भनाइ छ ।

धनकुटामा बाढीपहिरोले ५ परिवार विस्थापित, ठाउँ-ठाउँमा सडक अवरुद्ध

धनकुटा । अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धनकुटाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बाढी पहिरोले कतिपय सडक अवरुद्ध भएका छन् भने केही परिवार बिस्थापित बनेका छन् । बर्षाका कारण अरुण नदीमा आएको बाढीले जमिन कटान गर्न थालेर घर जोखिममा परेपछि महालक्ष्मी नगरपालिका–५ रामबजारका तीन र पहिरोले घरमा क्षति पुर्याएपछि धनकुटा नगरपालिका–१ हिलेका दुई …