पहिराले एक घरमा क्षति, पाँच घर उच्च जोखिममा

लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । पाँच घर पहिरोका उच्च जोखिममा छन् । दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए । पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात तथा लत्ता कपडा पुरिएका छन् । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।  महराको घरमा उनका दिदी बस्दै आएका थिए  । उनलाई आफन्तकहाँ सारिएको प्र

सम्बन्धित सामग्री

धनकुटाकाे सिँधुवा बजारमा आगाे लागेर दुई घर जलेर नष्ट, चार घरमा क्षति

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् भने चार घरमा क्षति पुगेको छ ।

शनिबार रातीको भूकम्पले बझाङका १०० घरमा क्षति

काठमाडौं, कात्तिक २७ । गएराति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङका १०० घरमा क्षति पुर्‍याएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५.४ रेक्टर स्केलको भूकम्पले १०० घरमा क्षति पुर्‍याएको हो। गाउँपालिकाभरिका करिब १०० घर भूकम्पका कारण चर्किएको र केही घर भत्किएको विवरण प्राप्त भएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले […]

पहिरोले दोलखामा चार घरमा क्षति, झन्डै ५० घर जोखिममा

काठमाण्डाै - दोलखामा गएरातिको पहिरोले चार घरमा क्षति पुगेको छ । बिगु गाउँपालिका-४ लादुकमा पहिरो जाँदा चार घरमा क्षति पुगेको र त्यहाँका झन्डै ५० घर जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यहाँका सूचना अधिकारी सानु तामाङका अनुसार विस्थापितहरु आफन्तकोमा बसिरहेका छन् । अहिले प्रहरी, जनप्रतिनिधि पहिरो प्रभावित क्षेत्रमा छन् । उनीहरुको सहयोगमा स्थानीय बासिन्दाले पहिरोले क्षति पुर्याएको घरबाट सामान ओसार्न थालेका छन् । घरमाथि खनेको सडकका कारण पहिरोको खसेको स्थानीय बासिन्दाले बताएका छन् । यसअघि गएको २...

दार्चुलामा पहिरो खस्दा एक घरमा क्षति

धनगढी – दार्चुलामा पहिरो जाँदा एक घरमा क्षति भएको छ। नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एक घरमा क्षति भएको हो। स्थानीय कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर घरमा क्षति पुगेको प्रहरी चौकी दल्लेखले जनाएको छ। घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्‍याएको प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालले बताए। पहिरोका कारण धामीको परिवार विस्थापित बनेको […]

पहिरोले खोटाङका नौ घरमा क्षति, २३ घर उच्च जोखिममा

लगातारको वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरोले खोटाङमा नौ वटा घरमा क्षति पुर्‍याएको छ। अन्य २३ घर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६, केपिलासगढी गाउँपालिकाका...

गोरखामा बाढी–पहिरोले घरमा क्षति, सडक अवरुद्ध

लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ ।  बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहाद

बागलुङमा बाढीले एक घरमा क्षति, दुई घर र एक विद्यालय उच्च जोखिममा

बागलुङको गलकोटमा बाढी पहिरोका कारण तीन घरमा क्षति पुगेको छ । गलकोट नगरपालिका–३ को हटिया बजारभन्दा माथिबाट झरेको लेदोसहितको बाढीले एक घर पुरिएको छ भने वडा नं ६ मा पहिरोका कारण दुई घरमा उच्च जोखिममा परेको वडाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए । सोही वडामा रहेको नवज्योति दुर्गा आधारभूत विद्यालयसमेत बाढीका कारण उच्च जोखिममा परेको कँडेलको भनाइ छ । पहिराले स्थानीय नारायण नेपाली र टीकाबहादुर घर्तीको घरपहिराका कारण उच्च जोखिममा परेको छ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण राति एक्का

जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति

जाजरकोट - जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएकाे छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो । स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिनु भयो। उहाँका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।

सिलिचोङमा पहिरोबाट एक घरमा क्षति

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते हुनुभएको वडाध्यक्ष अलक्षकुमार राईले बताए ।आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले माथिल्लो तेन्छोङका उनको घर पूर्णरुपमा क्षति भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । पहिरोबाट उनको श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले जानकारी

भूकम्पले एकसय घरमा क्षति, सातजना घाईते

बुधबार बिहान सबेरै गएको भूकम्पबाट लम्जुङमा मात्र झन्डै एकसय घरमा क्षति पुगेको छ । भूकम्पले घर भत्किँदा थिचिएर लम्जुङमा ६ र कास्कीमा एक गरि सातजना घाइते भएको प्रहरीले बताएको छ ।...