बागलुङ : जिल्लाको गलकोटमा भिषण वर्षका कारण तीन घर र एक विद्यालय उच्च जोखिममा परेका छन्। गलकोट नगरपालिका वडा नम्बर ३ हटिया बजारमा भलसहितको बाढी पस्दा एक घरमा क्षति पुग्नुका साथै बजार क्षेत्रका सडकहरु अवरुद्ध भएका छन्।मंगलबार रातिदेखि मध्यपहाडी लोकमार्ग र ग्रामीण सडकबाट आएको भलसहितको बाढीले सडकको नाली बन्द भएपछि बजार क्षेत्रमा बाढी पसेको वडा नम्बर ३ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिए।बाढीले लोकमार्गसमेत अवरुद्ध गरेको भन्दै अध्यक्ष खत्रीले राति नै खुलाएको बताए। बजार क्षेत्रका सडकहरु खुलाउने प्