बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले आज गरेको सरकारी कार्यालयको छड्के अनुगमनमा दुई कार्यालयका प्रमुखसमेत अनुपस्थित रहेका पाइएको छ।कृषि ज्ञान केन्द्र, शहरी विकास तथा भवन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल टेलिकममा अनुगमन गरिएको हो।अनुगमनका क्रममा कृषि ज्ञान केन्द्र र शहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरू अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनले भने, ‘छड्के अनुगमन गर्दा कार्यालय प्रमुखहरू नै बिनाजानकारी अनुपस