उद्योगमन्त्री रिजालद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौं, २२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । शुक्रबार बिहान १० बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भए न भएको छड्के अनुगमन गरेका हुन् । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखाका प्रमुख लिला प्रसाद […]