कृषिमन्त्री भुसालद्धारा मन्त्रालय मातहतका कार्यालयको छड्के अनुगमन

काठमाडौं,१२ असोज । कृषि तथा पशुपक्षि विकासमन्त्री डा.बेदुराम भुसालले मन्त्रालय मातहतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् । शुक्रबार मन्त्री भुसालले ती कार्यालयमा पुगेर छड्को अनुगमन गरेका हुन् । मन्त्री भुसालले काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् […]