प्रजिअ पाण्डेको नेतृत्वको टोलीद्वारा यातायातका साधनहरुको छड्के अनुगमन

बझाङ।  जिल्लामा सञ्चालनमा रहेका साना यातायातका साधनहरुले मनपरी भाडा असुल गरेको व्यापक गुनासो आए पछि बुधबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वको टोलीले यातायातका साधनहरुको छड्के अनुगमन गरेको छ । जिल्लाको जयपृथ्बी राजमार्ग , खप्तड छान्ना गाउँपालिका जाने ग्रामीण सडक र बुगंल नगरपालिकाको बागथला बिजगडा सडक खण्डमा सञ्चालनमा रहेका यातायातका साधनहरुको छड्के अनुगमन गरेको हो […]