कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दङ्ग छन् । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दङ्ग परेका हुन् । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन् । उनी पूर्ववत् आफ्नो काममा जुट्दै आएका छन् । पुनः परीक्षणका लागि यहाँको चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए । गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेका थिए । उनको कलेजो डा सञ्जयकुमार यादव