फेवाताल संरक्षणमा संयुक्त सुरक्षा गस्ती टोली बनाइ परिचालन गर्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । स्थानीय सुरक्षा निकाय, नगर प्रहरी र स्थानीय तहका प्रतिनिधि समेत संलग्न रहेको संयुक्त सुरक्षा गस्ती टोली बनाइ साताको कम्तीमा एकपल्ट निरीक्षण र अनुगमन गरी प्रतिवेदन पेस गर्ने प्रबन्ध मिलाउन अदालतले विपक्षीको नाममा आइतबार परमादेश जारी गरेको हो ।